गोलीसहितको पेस्तोल बोकेर नेपाल छिर्दाछिर्दै पक्राउ

गोलीसहितको पेस्तोल बोकेर नेपाल छिर्दाछिर्दै पक्राउ

प्रहरीले कटुवा पेस्तोल र सात वटा गोली बोकेर नेपाल प्रवेश गरेका तीन जना भारतीयलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रबाट हिजो समातिएको बताइएको छ ।

भारतको लखिमपुर खिरी तहसिल मिलौली बस्ने ३२ वर्षे राजु इद्रिसी,२७ वर्षे मुजिवा बञ्जारा र ४२ वर्षे युसुफ अलीलाई बेलौरीको बैशाखाबाट पक्राउ गरिएको हो । उनीहरुले गोलीसहित पेस्तोल बोकेर नेपाल छिर्नुको कारणबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू