दिउँसै डान्सबारमा हानाहान

दिउँसै डान्सबारमा हानाहान

दिउँसै हेटौंडा डान्सबारका सञ्चालक र कर्मचारीमाथि कुटपिट भएको छ । आइतबार दिउँसो हेटौंडा–१० बसपार्कस्थित हेटौंडा डान्सबारका सञ्चालक हेटौंडा उपमहानगरपालिका–१ बस्ने ४० वर्षीय सन्जय लामासहित दुई कर्मचारीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

डान्सबारमा बिल तिर्ने क्रममा विवाद हुँदा हेटौंडा उपमहानगरपालिका–१० बस्ने ३७ वर्षीय बिक्रम श्रेष्ठ,सोही वडा आनन्द टोल बस्ने ४१ वर्षीय बिष्णुलाल योन्जन,सोही स्थान बस्ने ३१ वर्षीय निमा योन्जन र हेटौंडा–१ बस्ने ४० वर्षीय सुरेश महर्जनले कुटपिट गरेको मकवानपुर प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जनआस्थालाई बताउनुभयो।

उनीहरुले मादक पदार्थ  सेवन गरेको बील तिर्ने क्रममा झगडा हुँदा डान्सबारका सञ्चालक सञ्जय,कर्मचारीद्वय हेटौंडा–४ बस्ने २४ वर्षीय बिजयकुमार मोक्तान र सोही वडा बस्ने २८ वर्षीय रोशन श्रेष्ठमाथि कुटपिट गरिएको प्रवक्ता कार्कीले बताए । 

कार्कीका अनुसार कुटपिटमा संलग्न चारै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको छ । घटनास्थलबाट धारिलो हतियार (चक्कु) थान एकसमेत बरामद गरेको प्रहरीले जनाएको छ।

टिप्पणीहरू