सुरक्षा माग्दै न्यायाधीशकी पत्नीको हारगुहार

सुरक्षा माग्दै न्यायाधीशकी पत्नीको हारगुहार

श्रीमतीमाथि यौन हिंसा गरेको आरोप लागेका कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन परेको छ । उनकी श्रीमती आरती रावल गिरीले शान्ति सुरक्षाको माग गर्दै आज निवेदन हालेकी हुन् । 

यसअघि न्यायाधीश गिरीले बाँके जिल्ला अदालतमा सम्बन्ध विच्छेद मुद्दा दर्ता गराएकाले सोही मुद्दाप्रति उत्तर दिन आफूसहित महिला अधिकारकर्मी जस्मिन ओझा नेपालगञ्ज जानुपर्ने भएकाले उनले शान्ति सुरक्षाको माग गरेको बताएकी छन् ।   

ओझाले केही दिनदेखि न्यायाधीश गिरीले विभिन्न व्यक्तिमार्फत् धम्काउने गरेको बताइन् । त्यसैले पनि उपत्यकाबाट बाहिर जाँदा शान्ति सुरक्षामा चूनौति देखिएकाले आयोगमा निवेदन दर्ता गराएको उनको भनाइ छ ।

टिप्पणीहरू