एसपीको जागिर जानासाथ खुकुरी हान्ने फुर्पा पक्राउ

एसपीको जागिर जानासाथ खुकुरी हान्ने फुर्पा पक्राउ

सिन्धुपाल्चोक जिल्ला हेलम्बू गाउँपालिका-३ पाल्चोकमा स्थानीय चुनावताका एमाले कार्यकर्ता फेन्जो तामाङलाई खुकुरी हान्ने नेपाल तरुणदल सिन्धुपाल्चोक क्षेत्र नं २  का उपाध्यक्ष फुर्पा लामा तामाङलाई प्रहरीले भर्खरै काठमाण्डौको बौध्दबाट पक्राउ गरेको छ ।

उनलाई समात्ने सिन्धुपाल्चोक प्रहरीको तीन दिनदेखिको प्रयास आज बल्ल सफल भएको पीडित फेन्जोले बताए । फुर्पालाई अहिले चौतारा लगिएको र भोलि नै म्याद थपका निम्ति  अदालतमा पेश गरिने तयारी छ ।

उक्त घटनामा संलग्न ७ जनामध्ये ६ जना धरौटीटीमा छुटे पनि मुख्य  नाइके फुर्पा भने फरार थिए । घुसकाण्डमा जिल्ला प्रहरी प्रमुख एसपी रामेश्वर यादवको जागिर गएकै केही दिनमा फरार अभियुक्त समातिएका हुन् ।

टिप्पणीहरू