महिलाको अश्लिल भिडियो पोष्ट गर्ने पक्राउ

महिलाको अश्लिल भिडियो पोष्ट गर्ने पक्राउ

सामाजिक सञ्जालमार्फत अरुको अश्लिल भिडियो पोष्ट गरेको आरोपमा प्रहरीले १८ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ । 

धादिङको थाक्रे गाउँपालिका–७ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–९ उमङ्गटोल बस्ने ती किशोरलाई प्रहरीले आज समातेको हो । उनले सामाजिक सञ्जालमा किशोरीलाई प्रेमको बहानामा अश्लिल क्रियाकलाप गर्न लगाई त्यसको श्रव्यदृश्य तथा तस्बिरहरु आर्थिक लाभका लागि टेलिग्राम च्याटमा पोष्ट गर्ने गरेको प्रहरीले जनाएको छ ।  

प्रहरीको साईबर ब्यूरोबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

टिप्पणीहरू