‘सिधाकुरा’ को प्रस्तुतिमा सीधै संयुक्त बेञ्चमा पस्यो सर्वोच्च

‘सिधाकुरा’ को प्रस्तुतिमा सीधै संयुक्त बेञ्चमा पस्यो सर्वोच्च
सुन्नुहोस्

रवि लामिछाने र जिबी राईको सुनौलो परियोजना "ग्यालेक्सी फोर के" मा प्रसारित हुने गरेको सीधा कुरा कार्यक्रमको अनलाइन सँस्करण ‘सीधा कुरा डटकम’ र त्यसमा कार्यरत सन्चारकर्मीविरुद्ध सर्वोच्च अदालतमा हिजो दायर भएको रिटमाथि एकैछिनमा सुनुवाई शुरु हुन लागेको छ । उक्त रिट प्रधान न्यायाधीशको रोलक्रमका न्यायाधीशद्वय डा.नहकुल सुवेदी र पूर्व कानुन सचिव रहिसकेका टेकप्रसाद ढुंगानाको संयुक्त इजलासको पहिलो नम्बरमा परेको छ ।

अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले उक्त मिडियाका सञ्चालक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानाविरुद्ध हिजो बिहान सबै न्यायाधीशको सल्लाहबमोजिम  अवहेलना मुद्दा दर्ता गरेका थिए । बिहान फुल कोर्ट बैठकको निर्णयानुसार उपरजिष्ट्रार घिमिरेले दायर गरेको रिटमा ‘चार सय मुद्दा हराउने गोप्य डिल,सर्वोच्चका न्यायाधीश,कान्तिपुर र अन्नपूर्णका साहु जोडिए’ शीर्षकमा लगातार  प्रशारण गरेको भिडियो रिपोर्टमा उल्लेख गरिएको विषय भ्रामक, नियोजित र कपोकल्पित रहेको जिकिर छ ।

"यस्ता मुद्दा  सिङ्गल बेन्चबाट कारण देखाऊ,दोहोरो छलफल,अन्तरिम आदेश वा रिट खारेजको प्रक्रिया हुँदै अघि बढ्ने प्रचलन रहेकोमा सीधै डिभिजन बेन्चमा पेशी चढेबाट सर्वोच्चले बिषयवस्तुको गम्भीरतालाई राम्रैसङ्ग आत्मसात गरेको देखिन्छ । "

 

रिटमा भनिएको छ, ‘नियोजित ढंगबाट प्रशारित सामाग्रीले नेपालको संविधानको धारा १२८ (४), न्याय प्रशासन ऐन, २०७३ को दफा १७ (१) बमोजिम न्याय सम्पादनको कार्यमा अवरोध सिर्जना गरी अदालतको अवहेलना गरेको तथा स्वतन्त्र न्यायपालिकाप्रतिको जनआस्थामा गम्भीर आँच पुर्याएकोले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ५९ (३) बमोजिम प्रस्तुत निवेदन पेश गरेको छु ।’

उक्त मुद्दा हेर्न लाग्नुभएका दुई जना श्रीमानमध्ये एक जना सर्वोच्च अदालतकै मुख्य रजिष्ट्रारबाट उच्चको मुख्य न्यायाधीश हुँदै सर्वोच्च पुग्नुभएको हो । अर्का कानुन मन्त्रालयको सचिवबाट न्यायाधीशमा नियुक्त हुनुभएको थियो । दुबै जना भावी प्रधानन्यायाधीशको लाइनमा हुनुहुन्छ । प्रायः यस्ता मुद्दा  सिङ्गल बेन्चबाट कारण देखाऊ,दोहोरो छलफल,अन्तरिम आदेश वा रिट खारेजको प्रक्रिया हुँदै अघि बढ्ने प्रचलन रहेकोमा सीधै डिभिजन बेन्चमा पेशी चढेबाट सर्वोच्चले बिषयवस्तुको गम्भीरतालाई राम्रैसङ्ग आत्मसात गरेको देखिन्छ ।


 

टिप्पणीहरू