३२ सय रुपैयाँ जरिवाना नतिरी भाग्दा पक्राउ

३२ सय रुपैयाँ जरिवाना नतिरी भाग्दा पक्राउ

जिल्ला अदालत ललितपुरबाट भएको ३१ सय ७५ रुपैयाँ जरिवाना नतिरेर फरार भएका प्रतिवादीलाई प्रहरीले पक्रेको छ । चोरी कसुरमा अदालतबाट भएको उक्त आदेश पालना नगरेका अर्जुन रानाभाट ललितपुरबाटै समातिएका हुन् ।

ललितपुरको गोदावरी नगरपालिका ६ राना गाउँका रानाभाटमाथि चोरी कसुर मुद्दा लागेको थियो । जिल्ला अदालतबाट ३१ सय ७५ रुपैयाँ जरिवाना गर्ने आदेश भयो । तर, उनी आदेशको पालना नगरी फरार भएका थिए । 

हिजो ललितपुरकै गोदावरी १० टाहाखेलमा उनलाई प्रहरीले फेला पारेको थियो । हिजै फरार प्रतिवादीलाई फैसला कार्यान्वयन प्रयोजनको निम्ति ललितपुर जिल्ला अदालतमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू