निर्मलाको निम्ति माइतीघरमा धर्ना

निर्मलाको निम्ति माइतीघरमा धर्ना

बाँकेकी निर्मला कुर्मी बेपत्ता प्रकरणको छानबिन र दोषीलाई कारबाहीको माग गर्दै राजधानीको माइतीघर मण्डलामा तेस्रो चरणको आन्दोलन थालिएको छ । 

महिला अधिकारकर्मी रुबी खानसहितको टोलीले चार बुँदे मागसहित धर्ना दिएका छन् । विधवा महिला निर्मलालाई अपहरण गरेर शरीर बन्धन बनाई हत्या गरिएको भन्दै उनीहरुले न्यायका लागि माग गरेका छन् । 

सीआईबीको अनुसन्धान एक वर्ष पूरा भएपनि अधुरै रहेको प्रदर्शनकारीहरुको भनाइ छ । दोस्रो दिनको आन्दोलनमा प्रदर्शनकारीहरुले ‘जुन देशमा महिला राष्ट्रपति,त्यही देशमा महिलाको निर्मम दुर्गति !’,‘सरकार, खबरदार’,‘मानव अधिकार चाहियो सरकार !’,‘सरकार,पितृसत्तात्मक सोच कहिलेसम्म ?’,लगायतका नारा लगाएका छन् । 

निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गर्नुपर्ने, मुद्दालाई अदालतसम्म पुर्याउनुपर्ने र महिला आन्दोलनकारीलाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने आन्दोलनकारीहरुको माग छ ।

टिप्पणीहरू