मजदुर दिवस मनाउन एमाले र एकीकृत समाजवादीका महासचिव बानेश्वरमा

मजदुर दिवस मनाउन एमाले र एकीकृत समाजवादीका महासचिव बानेश्वरमा
सुन्नुहोस्

नेकपा एमालेनिकट पेशागत महासंघले अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । 

बबरमहलस्थित कार्की ब्याङ्क्वेट्को हलमा 'समृद्ध नेपाल, सुखी नेपाली - गुणस्तरीय सेवा, जिम्मेवार ट्रेड युनियन' भन्ने नाराका साथ 'सुशासनमा : ट्रेड युनियनको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो । 

पेसागत महासङ्घ नेपाल राष्ट्रिय समितिका अध्यक्ष पुण्यप्रसाद ढकालको अध्यक्षतामा भएको अन्तरक्रियामा एमाले महासचिव शंकर पोखरेल, स्थायी समिति सदस्य भानुभक्त ढकाल, केन्द्रीय सदस्य तथा पेशागत महासंघका इन्चार्ज चुणामणि जंगलीलगायतको उपस्थिति छ । 

त्यस्तै, एकीकृत समाजवादीसम्वद्ध एकीकृत ट्रेड युनियन महासंघले पनि मे दिवसको कार्यक्रम गरेको छ । बानेश्वरस्थित अर्पण व्याङक्वेटमा 'श्रमिकका लागि समाजिक न्याय  तथा मर्यादित काम' भन्ने नारासहित उक्त कार्यक्रम आयोजना गरिएको हो। 

एकीकृत ट्रेड यूनियन महासंघका अध्यक्ष विष्णु लम्सालको अध्यक्षतामा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, उपमहासचिव विजय पौडेल, उपत्यका विशेष  प्रदेश समितिका अध्यक्ष केदार सञ्जेल, अनेरास्ववियुका अध्यक्ष आरती लामा, ललितपुर निर्माण तथा वन श्रमिक युनियनका उपाध्यक्ष  होमलाल घिसिङलगायतको उपस्थिति रहेको छ ।
 

टिप्पणीहरू