बालेनभन्दा पहिले नै प्रधानमन्त्री तोकिएका थिए कुलमान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुअघि नै कुलमान घिसिङलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारिएको तथ्य सार्वजनिक भएको छ । उज्यालो नेपाल पार्टी र अन्य दलहरूबीच त्यतिबेला भएको चुनावी सहमतिको खाका फेला परेको छ ।
कुलमान घिसिङ र उनको पार्टी उज्यालो नेपाल पार्टी पुस १४ गते मध्यरात रास्वपामा मिसिएका थिए। सोही दिन अपराह्न बौद्धस्थित एक होटलमा समानुपातिक उम्मेदवारहरूको बन्द सूची तयार गर्न बसेको उज्यालो नेपालको बैठकबाट हामी नेपालका सुधन गुरुङले आफ्नो गाडीमा राखेर घिसिङलाई कमलपोखरी पुर्याए जहाँ रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साह घिसिङको प्रतीक्षामा बसिरहेका थिए ।
त्यही रात घिसिङले आफ्नो नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीलाई रास्वपामा विलय गराए । तर उक्त एकता १२ दिनमै भङ्ग भएपछि घिसिङले दिएका अभिव्यक्तिहरूबाट सो विलय औपचारिकभन्दा पनि दबाबपूर्ण रहेको पुष्टि हुन्छ । सोही दिन समानुपातिक उम्मदेवारहरुको बन्दसूची पेश गर्ने अन्तिम दिन थियो ।
उक्त प्रस्तावको पहिलो बुँदामै चार दलले कुलमान घिसिङलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने व्यहोरा उल्लेख छ।
घिसिङ रास्वपा प्रवेशअघि नै रवि लामिछानेले बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका थिए । त्यो दिन कुलमानलाई वरिष्ठ उपसभापतिको दर्जा दिइएको लिखित घोषणा गरियो ।
यता, तत्कालीन ऊर्जामन्त्री तथा कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालले भने पुस ११ गते नै चार दलबीच चुनावी तालमेल गर्नेगरी सहमति पत्र तयार गरिसकेको तथ्य अहिले बाहिरिएको छ। उज्यालोका अनुप उपाध्याय,राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो,जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई तथा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच पाँच बुँदे सहमतिको प्रस्ताव तयार भए पनि कार्यान्वयन हुन भ्याएको थिएन ।
उक्त प्रस्तावको पहिलो बुँदामै चार दलले कुलमान घिसिङलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने व्यहोरा उल्लेख छ। साथै, प्रत्यक्षतर्फ तालमेलका आधारमा उम्मेदवारहरुलाई मतदान गर्ने र समानुपातिकतर्फ आ–आफ्ना दलका उम्मेदवारलाई विजयी गराउन मतदातालाई आग्रह गर्ने विषय पनि प्रस्तावमा समेटिएको छ।

सम्झौतामा समेटिन छुटेका अन्य विषयहरू आगामी दिनमा आपसी सहमतिका आधारमा समाधान गरिने उल्लेख प्रस्तावित सहमति पत्रमा गरिएको थियो । तर अहिले रास्वपासँग छुट्टिएपछि कुलमान नेपाल उज्यालो पार्टीको अध्यक्ष बनेका छन् भने पहिलेका अध्यक्ष संरक्षक । राजनीतिक दलका अध्यक्ष तथा पदाधिकारीहरुको हेरफेर चिया खाजाको मेनु हेरफेर गरेझैँ बन्द कोठामा बसेर गरिएको परिप्रेक्ष्यमा कुलमानको सिफारिसमा रास्वपाको बन्दसूचीमा रहेका १७ जनामध्ये अधिकांशले उज्यालोतर्फ पिठ्युँ फर्काइसकेका छन् ।
टिप्पणीहरू