अमेरिकी सैन्य आधारहरूमा प्रत्याक्रमण गर्ने इरानी चेतावनी
वासिङ्टनले आक्रमण गरेमा अमेरिकी सैन्य अड्डाहरूमा प्रहार गरिने चेतावनी इरानले छिमेकी मुलुकहरूलाई दिएको छ । एक वरिष्ठ इरानी अधिकारीले रोयटर्सलाई मुलुकमा जारी विरोध प्रदर्शनको समर्थनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्तक्षेपको धम्की दिइरहेका बेला तेहरानले त्यसलाई रोक्ने प्रयासस्वरूप प्रत्याक्रमणको चेतावनी दिएका हुन् ।
एक अमेरिकी कूटनीतिज्ञका अनुसार मध्यपूर्वस्थित अमेरिकाको प्रमुख हवाई अड्डाबाट केही कर्मचारीलाई बाहिर जान सुझाव दिइएको छ। ट्रम्पले इरानमा प्रदर्शनकारीहरूको समर्थनमा बारम्बार हस्तक्षेपको धम्की दिँदै आएका छन्।
इजरायलले अमेरिकी राष्ट्रपति ट्रम्प इरानमाथि हस्तक्षेपको निर्णयमा पुगिसकेको बताएको छ । तर त्यसको समय र दायरा अझै स्पष्ट नभएको एक इजरायली अधिकारीले जानकारी दिए ।
रोयटर्सकाअनुसार कतारस्थित अमेरिकी सेनाको अल–उदैद हवाई अड्डाबाट आज साँझसम्म केही कर्मचारीलाई बाहिरिन आदेश दिइएको छ । एक कूटनीतिज्ञले यसलाई ‘सुरक्षात्मक तयारी परिवर्तन’ भनेका छन् ।
गत वर्ष इरानले अमेरिकी आणविक स्थलमाथि गरेको हवाई आक्रमणको बदला स्वरूप अल–उदैद अड्डामा मिसाइल प्रहार गर्नुअघि जस्तो सैनिकहरूलाई नजिकैको रंगशाला वा सपिङ मलमा भने सारिएको छैन ।
दोहास्थित अमेरिकी दूतावासले यस विषयमा तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । इरानी अधिकारीहरूले मुलुकमा भइरहेको अशान्तिको कारक अमेरिका र इजरायल भएको बताउँदै आएका छन् । ती गतिविधि इरानले ‘आतंकवादी’ भनिएकाहरूबाट गराइएको दावी छ ।
टिप्पणीहरू