आजपा र जनअधिकारबीच मोबाइलमा सहमति
प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) र ईमदाद गद्दीको जनअधिकार पार्टी, नेपालबीच चुनावी एकता भएको छ ।
दुई पक्षबीच आजपाको ‘मोबाइल’ चुनाव चिन्ह लिएर फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने सहमति भएको हो ।
‘आम जनता पार्टी र जनअधिकार पार्टी, नेपालबीच एकतासहित मोबाइल छापबाट चुनाव लड्ने सहमति भयो’,सहमति पत्रमा उल्लेख छ । आजपाले केही दिनअघि ‘सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)’ का प्रतिनिधिसँग चुनावी एकता गरेको थियो ।
टिप्पणीहरू