गगनलाई ६६ वटा टिकट देलान् त देउवाले ?
नेपाली काँग्रेसको संस्थापन र विशेष महाधिवेशन पक्षधरहरुबीच बालुवाटारमा भएको वार्तामा आगामी निर्वाचनका लागि दिइने उम्मेदवारीको कोटा र केन्द्रीय सदस्यमा भागबण्डाको बिषय पनि जोडिएको बुझिएको छ । सभापति शेरबहादुर देउवा निकट एक जना नेताले अन्ततः लेनदेनमा कुरा मिल्ने दावी गरेका छन् ।
छलफलमा सहभागी नेता निकट स्रोतका अनुसार ‘शेखर र शेरबहादुर मिले’को सन्देशले चुनावमा ६६ सिटको अडानमा ल्याइपुर्याएको हो ।
विगतमा देउवाबाट शेखर गगन खेमाले ४० प्रतिशतको हिस्सा पाएका थिए । जसको ४०% हिसाबले ६६ प्रत्यक्ष सिट हुन आउँछ । आगामी निर्वाचनमा काँग्रेस–एमालेबीच भागबण्डा हुनु नहुने र भैहाल्दा पनि आफूहरुको ६६ सिट तलमाथि हुन नपाउने अडान राखिएको कार्यवाहक सभापति पूर्णबहादुर खड्का निकट श्रोतले बतायो ।
टिप्पणीहरू