भृकुटीमण्डपमा बन्दसत्र, बालुवाटारमा वार्ता, सानेपामा बैठक
नेपाली कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीचको वार्ता जारी छ । बालुवाटारमा भएको वार्तामा विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको तर्फबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी छन् ।
सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाण र शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी छन् । उता भृकुटीमण्डपमा हिजोदेखि शुरु बन्दसत्र अहिले पुनः सुचारुको तयारी छ ।
काँग्रेसले आजै बिहान ११ बजे बोलाएको केन्द्रीय कार्य समितिको बैठकको समय दिउँसो १ बजेलाई सारेको छ । सानेपास्थित मुख्यालयमा डाकिएको बैठकमा पदाधिकारी र केही आमन्त्रित सदस्य सहभागी हुँदैछन् । बैठकमा महामन्त्रीद्वय र विशेष महाधिवेशन पक्षधरले उपस्थित नहुने बताइसकेका छन् ।
यता, देउवापक्षीय नेताहरु विशेष महाधिवेशनमा अनुपस्थित छन् । उनीहरुले आफू निकटस्थ महाधिवेशन प्रतिनिधिहरु पनि भृकुटीमण्डप नगएको बताउँदै आएका छन् ।
टिप्पणीहरू