कन्सुलरको दाबी झुठो, पत्र बाहिरियाे

कन्सुलरको दाबी झुठो, पत्र बाहिरियाे

पोल्याण्डको वार्सास्थित नेपाली कन्सुलर डा.बोधराज सुवेदीले एक पर्वतारोही पोलिस नागरिकलाई कर छुटका लागि जर्मनीस्थित नेपाली दूतावासलाई जानकारी नगराइ पत्र लेखेको पुष्टि भएको छ । उनले सोझै परराष्ट्र मन्त्रालयलाई लेखेको पत्र जनआस्थाले फेला पारेको छ । 

जसअनुसार उनले सन् २०२५ मे २९ मा पत्र पठाएको देखिन्छ । सामान्यतयाः नेपाली कन्सुलरहरुले दूतावासमार्फत् मात्र परराष्ट्र मन्त्रालयलाई पत्राचार तथा सिफारिस गर्ने प्रचलन छ । तर, डा.सुवेदीले राजदूतावासलाई लत्याएर मन्त्रालयलाई पत्राचार गरेका थिए । जनआस्था डटकमले यो विषयमा पुस १६ गते ‘शिविर रोक्न एमालेनिकट प्रवासी मञ्चका अध्यक्षको जोड’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

त्यसपछि वाणिज्यदूतावासले समाचारप्रति ध्यानाकर्षण जनाउँदै कसैलाई पनि कर छुटका लागि मन्त्रालयमा सिफारिस नगरेको दाबी गरेको थियो । जनआस्थाले वाणिज्यदूतावासकै लेटरप्याडमा डा.सुवेदीको हस्ताक्षरसहितको पत्र फेला पारेको छ । यता, उनलाई पदबाट निष्काशन गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्रमा उजुरी पनि परेको खुलेको छ । 

इन्टरनेसनल ईन्टिलिजेन्स ब्यूरोले मानव तस्करीको आरोप लागेका उनलाई निष्काशन गर्न माग गर्दै २०७९ माघ २४ गते प्रधानमन्त्री कार्यालयमा उजुर गरेको थियो । जनसम्पर्क समिति, पोल्याण्डले २०७९ चैत ४ गते विवादित व्यक्तिलाई पोल्याण्डको कन्सुलरमा सिफारिस रोक्न आग्रह गर्दै निवेदन दर्ता गरेको थियो ।

याे पनि....

शिविर रोक्न एमालेनिकट प्रवासी मञ्चका अध्यक्षको जोड

कर छुट सिफारिसबारे वाणिज्यदूतावासको छुट्टै दाबी

टिप्पणीहरू