गगनलाई बढाइन् पत्नीले हौसला
विशेष महाधिवेशनको आयोजनाका निम्ति काँग्रेस महामन्त्री गगन थापालाई श्रीमती अञ्जना केसी थापाले हौसला दिएकी छन् । सामाजिक सञ्जालमा उनले महामन्त्री तथा आफ्ना पति थापा राजनीतिक परिवर्तनको जोखिमपूर्ण यात्रामा अघि बढेको उल्लेख गरेकी छन् ।
परिवर्तनका लागि अघि बढिरहेको नेतृत्वप्रति समर्थन र ऐक्यबद्धता व्यक्त गर्दै लेखेकी छन्,‘दाउ ठूलो छ र तपाईंले लिइरहनुभएको जोखिमको गाम्भीर्यता बुझिएको छ । तर पनि तपाईं एक्लो हुनुहुन्न ।’
‘दाउ ठूलो छ र तपाईंले लिइरहनुभएको जोखिमको गाम्भीर्यता बुझिएको छ । तर पनि तपाईं एक्लो हुनुहुन्न ।’
अञ्जनाले थापाको साथमा भोलिको राम्रो नेपालको सपना देख्ने असंख्य नागरिकको आशा र समर्थन रहेको उल्लेख गरेकी छन् । आज देखाइएको साहस,जनताले दिएको माया र विश्वास खेर नजाने उनको ठहर छ ।
‘यो क्षण महत्वपूर्ण छ,तपाईंको आवाज महत्वपूर्ण छ र परिवर्तनप्रतिको प्रतिबद्धता पनि उत्तिकै महत्वपूर्ण छ,’ लेखिएको छ ।
टिप्पणीहरू