नयाँ कांग्रेसको बैठक पार्टी प्यालेसमा

नयाँ कांग्रेसको बैठक पार्टी प्यालेसमा

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समितिको बैठक बसेको छ । 

ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा सो समूहको पहिलो केन्द्रीय समिति बैठक राखेको हो । भृकुटीमण्डपमा सम्पन्न महाधिवेशनले हिजो थापालाई सभापति चयन गर्दै १६६ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको थियो ।   

विशेष महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्नुअघि संस्थापन पक्षले थापा, विश्वप्रकाश शर्मा र फर्मुल्ला मन्सुरलाई अनुशासनको कारबाही गरेर पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेकाले कांग्रेस औपचारिकरुपमा दुई फ्याक भएको अवस्था छ ।

टिप्पणीहरू