गगनले काँग्रेस फुटाउँदा बाबुराम गदगद
पूर्वप्रधानमन्त्री तथा प्रलोपाका संरक्षक डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसमा गगन थापा समूहले गरेको विद्रोहलाई सकारात्मक कदम भनेका छन् । यसले अन्य पार्टीमा पनि पुनर्संरचनाका लागि बल पुर्याउने उनको विश्वास छ ।
'पुराना राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचना कार्यको शुरूवात पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसबाट सफलतापूर्वक सम्पन्न गरेकोमा नवनिर्वाचित सभापति गगनकुमार थापा र टिमलाई हार्दिक बधाइ तथा शुभकामना !', भट्टराईले भनेका छन् ।
कांग्रेसको विभाजनले नयाँ तथा वैकल्पिक शक्तिहरू र पुनर्संरचित दलबीच स्वस्थ प्रतिस्पर्धा हुने बताउएका उनले यसैका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुने उल्लेख गरे ।
उनी भन्छन्, 'यसले अन्य दलहरूको अग्रगामी पुनर्संरचनामा पनि बल पुर्याओस् र देशमा नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरु र पुनर्संरचित दलहरूबीचको स्वस्थ प्रतिस्पर्धा र सहकार्यले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको जग अझै बलियो बनोस् सबैमा विशेष शुभकामना !'
टिप्पणीहरू