ट्राफिक चेकजाँचको भिडिओ खिच्दा पत्रकारमाथि दुर्व्यवहार

ट्राफिक चेकजाँचको भिडिओ खिच्दा पत्रकारमाथि दुर्व्यवहार

रिपोर्टिङका क्रममा पत्रकारमाथि दुर्व्यवहार भएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । 

हिजो धनगढीको शहीद गेटस्थित ६ लेन सडकमा तीन जना सवार मोटरसाइकल ट्राफिकले चेकजाँच गरिरहँदा एसटीएम टेलिभिजनका पत्रकारद्धय उषाकिरण ज्योति र लक्ष्मण ढुंगालले भिडियो खिचेका थिए । त्यसक्रममा ट्राफिक प्रहरी हवल्दार डेबिङ श्रेष्ठले किन भिडिओ खिचेको भन्दै पत्रकार ढुङ्गालको मोबाइल खोसेर भिडिओ मेटाउन दबाब दिएको महासंघले जनाएको छ ।

आज विज्ञप्ति निकाल्दै महासंघले यस घटनाको निन्दा र भर्त्सना गरेको हो । ‘पत्रकारमाथि गरिएको यो व्यवहार अत्यन्त निन्दनीय र प्रेसविरोध छ,’ विज्ञप्तिमा भनिएको छ, ‘महासंघ यस्ता कार्यमा संलग्नमाथि आवश्यक कारबाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’

टिप्पणीहरू