रविको उम्मेदवारमाथि ‘ब्वाइफ्रेण्ड’ बाधक !

रविको उम्मेदवारमाथि ‘ब्वाइफ्रेण्ड’ बाधक !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेकी टासी ल्हाजोमको नाम हटाएको छ । आदिवासी जनजाति महिलाको क्लस्टरतर्फ पहिलो नम्बरमा रहेकी ल्हाजोमको नाम हटाउन निवेदन परेको निर्वाचन आयोग स्रोतले पुष्टि गरे पनि रास्वपाले औपचारिक रुपमा बताएको छैन ।

स्वयम् उम्मेदवार टासीले सामाजिक सञ्जालमा लेख्दै आफूले नाम फिर्ता नलिएको दावी  गरेकी छन् । यसअघि मन्त्री बन्नै लाग्दा अन्तिम क्षणमा नाम काटिएको थियो । आफूलाई जेन जी अभियन्ता भन्ने ल्हाजोमले उच्च शिक्षा भारत र अमेरिकामा हासिल गरेकी हुन् भने भारतस्थित दलाई लामाको धर्मशालासँग प्रत्यक्ष रुपमा जोडिएका गतिविधिमा उनको संलग्नता हुने गरेको आरोप छ ।

यता रास्वपा स्रोतले ल्हाजोमसँग सम्बन्धित केही विवादास्पद विषयको प्रमाण प्राप्त भएपछि नाम हटाइएको दावी गरेको छ । निर्वाचन कानूनअनुसार उम्मेदवार स्वमले लिखित रूपमा नाम फिर्ता नलिएसम्म बन्दसूचीबाट हटाउन मिल्दैन । तर, आफ्नो नाम हटाइएको चर्चापछि ल्हाजोमले सामाजिक सञ्जालमा लामो स्टाटस लेखेकी छन् ।

‘मैले बन्दसूचीबाट नाम फिर्ता लिएको छैन र झिक्न लगाएको पनि छैन । म फ्रि तिब्बतसम्बन्धी गतिविधिमा संलग्न छैन र मेरो कुनै तिब्बती बोइफ्रेन्ड पनि छैन

उनले आफू तिब्बती नभएको दाबी गर्दै स्टाटस लेखेकी छन्न, ‘मैले बन्दसूचीबाट नाम फिर्ता लिएको छैन र झिक्न लगाएको पनि छैन । म फ्रि तिब्बतसम्बन्धी गतिविधिमा संलग्न छैन र मेरो कुनै तिब्बती बोइफ्रेन्ड पनि छैन ।’

रास्वपा नेतृत्व तहबाट लगाइएका भनिएका झुठा आरोपहरुको प्रमाण पेश गर्न ल्हाजोमले चुनौती दिएकी छन् । सार्वभौम मुलुकको नागरिकको हैसियतमा आफूलाई संविधानले दिएको चुनावमा प्रतिस्पर्धालगायत नैसर्गिक अधिकार प्रयोग गर्न कसैले छेक्न नसक्ने उनको भनाइ छ ।

यसअघि राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले ल्हाजोम तिब्बती शरणार्थी भएको दाबी गर्दै उनको नागरिकतामाथि प्रश्न उठाएका थिए । जेनजी कर्णालीकी अध्यक्ष सुप्रिया शाहीले ल्हाजोम फ्रि तिब्बत अभियानसँग जोडिएको भन्दै छानबिनको माग गरेकी थिइन्।

टिप्पणीहरू