प्रधानमन्त्रीलाई ओलीको प्रश्न : सहकारीको पैसा कसले तिर्छ ?
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले महान्यायाधिवक्ताको कार्यालय इतिहासमा कहिल्यै नबिर्सनेगरी कलंकित बनेको टिप्पणी गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दर्ता भएको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयको प्रतिक्रियास्वरूप उनले यस्तो बताएका हुन् । ओलीले सुशीला कार्की नेतृत्वको सरकारले ठगहरूलाई प्रोत्साहन गरेको पनि दावी गरे ।
‘जसको लौरो त्यसैको भैँसी भनेजस्तो शासन नेपालमा पनि स्थापना भएको छ, महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मका लागि कलंकित भएको छ’, ओलीले कटाक्ष गर्दै भने, ‘अब कसैलाई मुद्दा लाग्दैन, कसैको सम्पत्ति खाए पनि, मजाले खान पाइन्छ, मुद्दा लाग्दैन, हिजो मुद्दा लागेको रहेछ भने पनि माफी मिनाहा गरेर चुनावमा हिरो बनाएर अगाडि सारिन्छ ।’
अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले वर्तमान सरकारको कार्यशैली देखेर दिक्क लागेको पनि बताए । आक्रोश पोख्दै भने, ‘डिम्बका काण्ड बिर्सिउ कि भन्यो फेरि अर्को काण्ड, अर्को काण्ड बिर्सिउ भन्यो फेरि अर्को काण्ड, अहिले अभियोग परिवर्तनका काण्ड, मुद्दा फिर्ताको काण्ड, दुनियाँको हिनामिना भएको पैसा कसले तिर्छ ? महान्यायाधिवक्ता कार्यालयले तिर्ने हो ?’
टिप्पणीहरू