दुर्घटना

अटोरिक्साबाट खसेका व्यक्ति बिते

बाजुरामा अटो रिक्साबाट खसेर एक जनाको ज्यान गएको छ । बुढीगंगा नगरपालिका–१ मा हिजो साँझ अटो रिक्साबाट खसेर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय २ नम्बर वडाका ४५ वर्षीय मोति लुहार हुन् । लुहार सुदुरपश्चिम प्रदेश–०१–००१ ह ४०६३ नम्बरको अटोरिक्साबाट खसेपछि गम्भीर घाइते भएका थिए । उनको गएराति नै उपचारको क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको प्रहरीले बताएको छ ।

Page 52 of 82