बिहानीपख राजमार्गम बस दुर्घटना, २३ घाइते

बिहानीपख राजमार्गम बस दुर्घटना, २३ घाइते

सर्लाहीमा बस दुर्घटना भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । ईश्वरपुर नगरपालिका–१२, बाँकेमा आज बिहान ३ बजे ३३ जना सवार बस दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार काँकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको बा. ४ ख ३३७८ नम्बरको बस दुर्घटना हुँदा ती यात्रु घाइते भएका हुन् ।

घाइतेहरुको गढीमाई अस्पतालमा उपचार भइरहेको छ । चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू