दुर्घटना

लमजुङमा पहिरो, मनाङ जाने सडक अवरुद्ध

लमजुङमा गएको पहिरोपछि बेंसीसहर–चामे सडकमा सवारी आवागमन अवरुद्ध भएको  छ । बिहान तीन चार ठाउँमा गएको पहिरोपछि सडक आवागमन रोकिएको बताइन्छ ।  खरखरेभीर, हवाईडाँडा, बक्स कटिङ र च्याम्चेमा पहिरो गएको छ । ठूला ढुंगासहित पहिरो गएपछि सडक खुलाउन थप समय लाग्ने प्रहरीको भनाई छ । गत साता तालडाँडामा गएको पहिराले उक्त सडक बन्द भएको थियो ।  बर्खा लागेपछि हरेक वर्ष बेंसीसहर–चामे सडक प्रायः अवरुद्ध हुने गरेको छ ।  

Page 53 of 114