दुर्घटना

सल्यानमा जिप दुर्घटना : दुईको मृत्यु, एक घाइते

सल्यानमा आज बिहान भएको जिप दुर्घटना दुई जनाको मत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएको बताइएको छ । रोल्पाबाट दाङतर्फ जाँदै गरेको रा.१ च. १०२५ नम्बरको जिप कपुरकोट गाउँपालिका–३, चोरखोलामा बिहान ६ बजेको समयमा दुर्घटनामा परेको हो । जिप साढे तीन सय मीटर तल खसेको छ । दुई जनाको घटनास्थलमै मत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते ३५ वर्षीय नारायण योगीलाई उपचारार्थ दाङ लगिएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन ।

Page 51 of 114