पौडी खेल्न नारायणीमा पसेका एकै परिवारका दुई बालक डुबेर बिते

पौडी खेल्न नारायणीमा पसेका एकै परिवारका दुई बालक डुबेर बिते

पूर्वी नवलपरासीको गैँडाकोटस्थित नारायणी नदीमा डुबेर एकै परिवारका दुई बालकको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसो नवलपुरको गैँडाकोट नगरपालिका–७ स्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको हो। मृत्यु हुनेमा गैँडाकोट– ७ गैरी बस्ने सुमन कुमालका छोराहरू १४ वर्षीय सबिन कुमाल र ९ वर्षीय संगम कुमाल रहेका छन् । 

पानीमा डुबेर बेपत्ता भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैँडाकोटबाट गएको प्रहरी र स्थानीयले खोजी गर्दा दुबैजनालाई उद्धार गरी उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाएकोमा आज दिउँसो ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू