दुर्घटना

कालिकोटमा जिप दुर्घटना, चालकको मृत्यु

बाजुराबाट कालिकोटतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका ३, सिस्नेगडामा भएको दुर्घटनामा चालको निधन भएको छ । अर्का एक जना घाइते भएको बताइएको छ । आज बिहान साढे ३ बजेको उक्त दुर्घटनामा मृतक र घाइतेको विवरण प्राप्त भएको छैन । प्रहरीका अनुसार घाइतेको कालिकोटको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।  

Page 49 of 114