बस्तीमा बाढी पसेपछि मेयरद्वारा सहयोगको अपिल
घरभित्र बाढीको पानी पसेर नगरबासीको बिचल्ली भएपछि कैलालीको भजनी नगरपालिकाका मेयर केवल चौधरीले सहयोगका निम्ति अपिल गरेका छन् । गत सोमबार देखिको निरन्तर वर्षाका कारण वडा नम्बर ३ र ८ डुबानमा परेपछि उनले विभिन्न सरकारी, गैरसरकारी संघ संस्था, निजी क्षेत्र, नागरिक समाजसँग सहयोगका लागि आग्रह गरेका हुन् ।
बाढीका कारण अधिकांश घरबारविहीन भएको उल्लेख गर्दै उनले दैनिक छाक टार्नसमेत स्थानीयलाई समस्या परेको बताए । विस्थापित नगरबासीलाई हुलाकी राजमार्ग, विद्यालय, सामुदायिक …