दुर्घटना

मोटरसाइकलको ठक्करबाट बल्खुमा पैदलयात्री घाइते

बल्खुमा मोटरसाइलको ठक्करबाट दुई पैदलयात्री घाइते भएका छन् । धनुषा घर भई बल्खु बस्ने १५ वर्षीय हलचल अन्सारी र महोत्तरी घर भइ सोही ठाउँ बस्ने १८ वर्षीय प्रमेश्वरकुमार साह घाइते भएका हुन् । उनीहरूको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये अन्सारीको अवस्था गम्भीर छ । गएराति ८ बजे बा.१ ब ९२९९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीद्वय अन्सारी र साह गम्भीर घाइते भएका हुन् । चालकलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ ।

Page 55 of 82