भारतको उत्तर प्रदेशमा कार दुर्घटना, ६ जना नेपालीको मृत्यु

भारतको उत्तर प्रदेशमा कार दुर्घटना, ६ जना नेपालीको मृत्यु

भारतको उत्तर प्रदेशमा भएको सवारी दुर्घटनामा छ जना नेपालीको मृत्यु भएको छ । मृतक सबै नेपालगञ्जको त्रिभुव चोकका भएको बताइएको छ ।

उत्तर प्रदेशको श्रावस्ती जिल्लामा हिजो साँझ युपी ४७ डब्लु १२१७ नम्बरको कार सडकमा गाईसँग ठोक्किएको हो ।  

मृतक सबै नेपालगञ्जका घडी व्यवसायी सन्तोषकुमार गुप्ताका छोरा, छोरी र नातेदार हुन् । उनका २२ वर्षीय छोरा निलान्स, २० वर्षीया छोरी सुनीता गुप्ताको साथै नातेदारहरु ३५ वर्षीय वैभव गुप्ता, उनकी ३२ वर्षीया पत्नी दीपिका, ३ वर्षका छोरा डल्लु र ६ महिनाकी छोरी श्रीयाको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

कार चालक भने गम्भीर घाइते भएको भारतीय प्रहरीले जनाएको छ ।

टिप्पणीहरू