ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु

ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु

ताप्लेजुङमा भएको ट्याक्टर दुर्घटनामा चार जनाको ज्यान गएको छ । दुर्घटना स्थानीय मैवाखोला गाउँपालिकामा भएको बताइएको छ ।

तेल्लाबुङबाट मैवाखोला गाउँपालिका वडा नम्बर ५ जाने क्रममा ५६५५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । प्रहरीका अनुसार ट्याक्टरका मालिक तथा चालक समेत रहेका मैवाखोला गाउँपालिका वडा ५ काम्साब बस्ने ३१ वर्षीय पासाङ शेर्पाको ज्यान गएको छ ।

त्यसैगरी निजका सहोदर भाई २४ वर्षे फुर्वा शेर्पा, मैवाखोला गाउँपालिका वडा नम्बर ४ ओदक बस्ने पासाङ छेटु शेर्पाका छोरीद्धय १७ वर्षीय छोरी लाकी शेर्पा र २२ वर्षीय शर्मिला शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरण संकलन भइरहेकोे बताइएको छ ।

टिप्पणीहरू