झापामा सवारी दुर्घटना, मोटरसाइकल चालकको निधन

झापामा सवारी दुर्घटना, मोटरसाइकल चालकको निधन

झापामा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षीमा गएराति भ्यानको ठक्करबाट मोटरसाइकलको ज्यान गएको हो ।

चालक शिवसताक्षी नगरपालिका–९, बस्ने दिप्सन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को.२च १४९५ नम्बरको भ्यानको ठक्करबाट मे.६प १३९२ नम्बरको मोटरसाइकल चालक राई गम्भीर घाइते भएका थिए ।

उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । भ्यान चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू