आमासँगै मेला गएका बालक अरिंगालले चिलेपछि बिते

आमासँगै मेला गएका बालक अरिंगालले चिलेपछि बिते

दार्चुलामा अरिंगालले चिलेपछि एक बालकको ज्यान गएको छ । हिजो दिउँसो शैल्यशिखर नगरपालिका–६ ग्वानीमा उनको मृत्यु भएको हो ।

आमासँगै मेला गएका स्थानीय ६ वर्षीय प्रशान्त सिंह धामीलाई घर फर्कने बेला अरिंगालले चिलेको बताइन्छ ।

गम्भीर घाइते भएका उनलाई उपचारार्थ गोकुलेश्वर अस्पताल लगिएको थियो । तर उपचारको क्रममा गएराति निधन भएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू