टर्किसको जहाजमा खराबी,काठमाण्डौमा नओर्लिएर दिल्लीतिर

टर्किसको जहाजमा खराबी,काठमाण्डौमा नओर्लिएर दिल्लीतिर

टर्किस एयरलाइन्सको जहाजमा अचानक प्राविधिक समस्या देखिएपछि उडान रद्ध गरिएको छ ।

आज बिहान पौने १२ बजेका लागि निर्धारित टिके ७२७ को उडान जहाजमा समस्या आएपछि रद्ध भएको हो । वायुसेवा कम्पनीका अनुसार उक्त जहाज बिहान ६ बजेर ५ मे!नेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्नेमा अगाडिको ल्याण्डिङ गियर(पाङ्ग्रा) मा समस्या आएपछि पौने ८ बजेसम्म आकाशमै होल्ड गरिएको थियो ।

अनेक प्रयासका बाबजुद काठमाडौँमा अवतरण गराउन नसकेपछि डाइभर्ट गरी भारतको लखनउमा साढे ८ बजे अवतरण गराईएको थियो । त्यहाँ सामान्य मर्मतपछि पौने १० बजे जहाज नयाँ दिल्ली लगियो । ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ११ बजे अवतरण गरी अहिले मर्मतको तयारी गरिएको छ । जहाज भोलि बिहान साविकको समयमा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने छ ।

उडान रद्ध भएपछि आजको बोर्डिङ पास लिएका २८० जना यात्रुलाई होटल लगिएको छ । वायुसेवा कम्पनीले यात्रुलाई सोल्टी, र्याडिसन र हायात होटलमा राखेको बताइएको छ ।

टिप्पणीहरू