मोटरसाइकल दुर्घटनामा चालक बिते, पछाडि बसेका घाइते

मोटरसाइकल दुर्घटनामा चालक बिते, पछाडि बसेका घाइते

बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । बारबर्दिया नगरपालिका ५, सिटबरैलीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय श्याम किशोर थारु हुन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मोटरसाइकल पछाडि सवार ४५ वर्षीय बाल किसन थारु घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको जनाइएको छ ।

पदनाहबाट बनघुस्रीतर्फ जाँदै गरेको भे.११ प ३७६० नम्बरको मोटरसाइकल सडकमा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटना तीब्र गतिका कारण भएको प्रहरीको अनुमान छ ।

टिप्पणीहरू