एकाबिहानै मोटरसाइकल नालामा खस्दा चालक रहेनन्

एकाबिहानै मोटरसाइकल नालामा खस्दा चालक रहेनन्

कैलालीको धनगढी उपमहानगरपालिका-१३ कैलालीगाँउमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक स्थानीय ३१ वर्षीय दुर्गा ओझाको दुर्घटनामा ज्यान गएको हो ।

आज बिहान साढे ३ बजे से ६ प ३९ ३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडकबाट नालामा खसेको थियो । सोही अवस्थामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा निधन भएको प्रहरीले जनाएको छ ।

यसैगरी बाँकेमा पनि मोटरसाइकल दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ परस्पुरमा गएराती मोटरसाइकल दुर्घटना हुदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकलमा नेपालगञ्जबाट घर जाँदै गरेका जानकी गाउँपालिका–१ का २५ वर्षीय राजेश यादवको निधन भएको प्रहरीले बताएको छ । उनले चलाएको अनटेष्ट लेखिएको मोटरसाइकल गएराती पौने १० बजे अनियन्त्रित भएर पल्टिएको हो ।

टिप्पणीहरू