ग्याँस बुलेटमा च्यापिएर सहचालकको मृत्यु, चालक सिकिस्त

ग्याँस बुलेटमा च्यापिएर सहचालकको मृत्यु, चालक सिकिस्त

नवलपरासीमा ग्याँस बुलेट दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । गएराति पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट, सुस्तापूर्व) को नवलपुरमा भएको दुर्घटनामा बुलेटका सहचालकको निधन भएको हो ।

बुलेट गाडीमा सहचालकका रुपमा कार्यरत भारतको उत्तर प्रदेश घर भएका १८ वर्षीय जयनारायण पालको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । विनयी त्रिवेणी गाउँपालिका–२, ज्यामिरेमा भारतबाट ग्याँस लिएर काठमाडौंका आइरहेको एनएलओएल–२४६० नम्बरको बुलेट अनियन्त्रित भएर दुर्घटना हुँदा बुलेटमा च्यापिएर उनको ज्यान गएको हो ।

दुर्घटनामा सोही ठाउँका चालक ४२ वर्षीय अजयकुमार सिंह गम्भीर घाइते भएका छन् । उनको दुम्कीबासमा उपचार भइरहेको जनाइएको छ ।

टिप्पणीहरू