मोटरसाइकल दुर्घटनामा दुई जना बिते, एक सिकिस्त

मोटरसाइकल दुर्घटनामा दुई जना बिते, एक सिकिस्त

मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ । कञ्चनपुर र सर्लाहीमा हिजो साँझा मोटरसाइकल दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिका ५ मैनाहास्थित गाढामा मोटरसाइकल ठोकिँदा चालक रमेश रानाको मृत्यु भएको प्रहरीले बताएको छ । उनीसंगै पछाडि बसेका एक जना गम्भिर घाइते भएका छन् । उनको अहिले धनगढी अस्पतालमा उपचार भईरहेको छ ।

बेलौरीबाट लालझण्डीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-०११ प २४३२ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आउँदै गरेको राँगागाढामा ठोकिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

यसैगरी सर्लाहीको बरहथवा नगरपालिका-४ समनपुर पुलमा मोटरसाइकल पल्टिंदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २९ वर्षीय भाग नारायण यादव हुन् ।

हजरियाबाट समनपुरतर्फ जाँदै गरेको ना ५६ प ८९०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारका क्रममा न्युरो अस्पताल बारामा निधन भएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू