जुस कारखानामा एकाबिहानै आगो दन्दनी

जुस कारखानामा एकाबिहानै आगो दन्दनी

चितवनको एउटा जुस कारखानामा आज बिहान आगलागी भएको छ । रत्ननगर नगरपालिका–१० स्थित युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको हो ।

बिहान ५ बजे लागेको आगो नियन्त्रणमा ल्याउन निकै गाह्रो भएको स्थानीयले बताएका छन् ।

आगो निभाउन खैरहनीका दुई र भरतपुरको एउटा दमकल तत्काल पुगेका थिए । त्यसपछि आगो निभाउन एउटा डोजरको पनि प्रयोग गरिएको बताइन्छ ।

आगलागीको क्षति र कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू