कुखुरेपाखाबाट कटुन्जे जान लागेको जेसिबी खोलामा पुग्यो, चालक रहेनन्

कुखुरेपाखाबाट कटुन्जे जान लागेको जेसिबी खोलामा पुग्यो, चालक रहेनन्

काभ्रेको रोशी गाउँपालिका-६ कुखुरेपाखामा जेसिबी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

कुखुरेपाखाबाट कटुन्जेतर्फ जाँदै गरेको बा २ ख ८६०२ नम्बरको जेसिबी अनियन्त्रित भइ पल्टिंदा चालक रामेछापका-२५ वर्षीय जिबराज तामाङको मृत्यु भएको काभ्रे प्रहरीले बताएको छ ।

उक्त जेसिबी आज बिहान १० बजे सडकबाट ९५ फिट तल खोलामा खसेको प्रहरी चौकी कटुन्जेले जानकारी दिएको छ ।

टिप्पणीहरू