स्कुटर दुर्घटनामा होटलका कर्मचारी बिते

स्कुटर दुर्घटनामा होटलका कर्मचारी बिते

रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । सिद्धार्थनगर नगरपालिका–४, उद्योगपुरीमा स्कुटर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा गुल्मीको हस्तीचौर घर भई सिद्धार्थनगर–४ स्थित पौवा होटेलमा काम गर्दै आएका अन्दाजी २३ वर्षका सन्तोष खत्री हुन् । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार गएराति सवा ११ बजे सन्तोषले चलाएको लु.५५ प ४७५९ नम्बरको स्कुटर सडकमा पल्टिँदा उनी गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारार्थ भैरहवास्थित भीम अस्पताल लगिएकोमा सोही क्रममा निधन भएको हो ।

टिप्पणीहरू