अरिंगालले गोठालोको ज्यान लियो

अरिंगालले गोठालोको ज्यान लियो

मकवानपुरमा अरिंगालले टोकेर एक वृद्वको ज्यान गएको छ । भीमफेदी गाउँपालिका–६ का ६२ वर्षीय कृष्णबहादुर स्याङ्तानको अरिंगालले टोकेर मृत्यु भएको हो ।

हिजो दिउँसो घर नजिकैको जंगलमा गोरु चराउन गएका उनलाई अरिंगालले टोकेको थियो । उपचारका क्रममा कृष्णको गएराति चितवनको बकुलहर अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू