ट्रकको ठक्करपछि बस राजमार्गमै पल्टियो, ३० जना घाइते

ट्रकको ठक्करपछि बस राजमार्गमै पल्टियो, ३० जना घाइते

सिरहामा ट्रकले गुडिरहेको बसलाई ठक्कर दिएको छ । पूर्वपश्चिम राजमार्गको सिरहा, गोलबजार–८ चोहर्वामा बस पल्टिँदा त्यसमा सवार ३० जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश १–०५००१ ख ००२९ ट्रकले ना. ७ ख ४९८१ नम्बरको बसलाई सोही दिशाबाट गइरहेको ट्रकले पछाडिबाट ठक्कर दिँदा बसमा सवार ३० जना घाइते भएका हुन् ।

ट्रकको ठक्करपछि बस राजमार्गमा पल्टिएको छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए ।

गम्भीर घाइते तीन जनालाई थप उपचारको निम्ति विराटनगर पठाइएको छ ।

टिप्पणीहरू