मध्यरातमा सडकबाट ट्रक खस्याे, एकको मृत्यु

मध्यरातमा सडकबाट ट्रक खस्याे, एकको मृत्यु

धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मध्यरातमा भएको दुर्घटनमा अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा धादिङको धुनिबेशी नगरपालिका–४, तेर्सेपानीका स्थानीय ४० वर्षीय रामचन्द्र पुडासैनी हुन् ।

भञ्ज्याङपोखरीबाट जीवनपुरतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख १५८१ नम्बरको ट्रक गएराति १२ बजे सडकबाट अन्दाजी २५ मिटर तल खसेको छ । । दुर्घटनामा गम्भीर घाइते भएका पुडासैनीको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौंमा मृत्यु भएको हो ।

३५ वर्षीय विनोद आचार्य सख्त घाइते भएका छन् । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ । ट्रकसहित चालकलाई प्रहरी चौकी जीवनपुर धादिङले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताइएको छ ।

टिप्पणीहरू