काठमाडौं आउँदै गरेको जीप दुर्घटनामा चालक बिते, तीन घाइते

काठमाडौं आउँदै गरेको जीप दुर्घटनामा चालक बिते, तीन घाइते

काठमाडौं आउँदै गरेको जीप बाँकेमा दुर्घटनाग्रस्त हुँदा एक जनाको निधन र तीन घाइते भएका छन् । राप्ती सोनारी गाउँपालिका २, झुरी खोलामा भएको दुर्घटनामा चालकको ज्यान गएको छ ।

जीपमा रहेका अन्य तीन जना घाइते भएको बताइएको छ । प्रहरीका अनुसार आज बिहान भएको बागमती प्रदेश ०१–०२८ च ००४४ नम्बरको सुमो जीप दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका ४ का ५५ वर्षे चालक कृष्ण प्रसाद खतिवडाको मृत्यु भएको छ ।

दुर्घटनामा सख्त घाइते भएका खतिवडाको मेडिकल कलेज, कोहलपुरमा उपचारको क्रममा निधन भएको हो । एक जना यात्रु २२ वर्षे शिशिर ज्ञवालीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

टिप्पणीहरू