बिबिध

भारतीय प्रधानमन्त्रीका भाइ नेपालबाट फिर्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ पाँच दिनको नेपाल बसाईपछि स्वदेश फर्केका छन् । भाइ प्रल्हाद दामोदर दास मोदी वैशाख २९ गते आएका थिए ।  मोदी नेपाल आएकोबारे सरकारी अधिकारीले कुनै विवरण दिएका छैनन् । तर उनी हिजो साँझ काठमाडौंबाट नयाँ दिल्ली गएका हुन् ।  साधारण राहदानी बोकेका उनी भिस्तारा एअरलाइन्सको उडान नम्बर १५५ बाट साँझ ५ बजे नयाँ दिल्ली गएको बुझिएको छ ।

Page 51 of 153