पूर्वराजा भारतीय गाडीमा नेपालगञ्जमा

पूर्वराजा भारतीय गाडीमा नेपालगञ्जमा

पूर्वराजा ज्ञानेन्द्र शाह भारतीय उत्तर प्रदेशको भ्रमणपछि नेपालगञ्ज फर्कनुभएको छ । पूर्वरानी कोमल शाहसहित उहाँ ११ दिनपछि दिउँसो सडकमार्ग हुँदै नेपालगञ्ज आउनुभएको बताइएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निम्तोमा उहाँ पूर्वराजपरिवारका सदस्यसहित वैशाख २२ गते सडकमार्गबाटै त्यसतर्फ जानुभएको थियो । आज भारतीय नम्बर प्लेटका गाडीहरु एचआर ३८जेड ०९३६ र युपी ३२ एनएम ९००४ मा जमुनाहा नाका हुँदै पूर्वराजपरिवारका सदस्यहरु दिउँसो सवा ४ बजे नेपालगञ्ज आइपुगेको बताइएको छ । 

लखनउ जानुअघि शाहको नेपालगञ्जमा हिन्दूवादीहरुले अभिनन्दन गरेका थिए । अब धनगढीमा पनि त्यस्तै अभिनन्दन गर्ने बताइएको छ ।

टिप्पणीहरू