सांस्कृतिक बैठकका पाहुनाको शंख फुकेर स्वागत

सांस्कृतिक बैठकका पाहुनाको शंख फुकेर स्वागत

भारतमा आगामी सेप्टेम्बर ९ र १० तारिखका दिन विश्वका प्रमुख औद्योगिक राष्ट्रका प्रमुखहरुको सम्मेलन हुँदैछ । जी २० को उक्त सम्मेलनअघि भारतले यो वर्षको जनवरीदेखि विभिन्न राज्यमा पूर्वतयारी बैठक, भेला र कार्यक्रम आयोजना गरिरहेको छ । 

पछिल्लो पटक ओडिसा राज्यको राजधानी भुवनेश्वरमा दोस्रो सांस्कृतिक कार्य समूहको बैठक भएको छ । आइतबारदेखि शुरु बैठकमा सहभागी अतिथिहरुको स्थानीय मौलिक तरिकाले स्वागत गरेको बताइएको छ ।

परम्परागत पोशाकमा सजिएका महिला उभिएर र पाँच जना पुरुषले दुई वटा शंख एकै पटक फुुकेर उनीहरुको सम्मानका साथ स्वागत गरेका हुन् । त्यसैगरी विश्वविख्यात बालुवा कलाकार सुदर्शन पटनायकले पुरी समुद्री किनारमा उद्घाटनको पहिलो दिन कला प्रस्तुत गरेका थिए । 

भोलिसम्म हुने बैठकमा सांस्कृतिक क्षेत्रका समस्या र सम्भावनाबारे छलफल भएको बताइएको छ । यस्तै बैठक दुई महिनाअघि मध्यप्रदेशमा आयोजना गरिएको थियो ।

टिप्पणीहरू