प्रस्तावित काठमाडौं–सिड्नी हवाई उडानप्रति अष्ट्रेलिया उत्साहित

प्रस्तावित काठमाडौं–सिड्नी हवाई उडानप्रति अष्ट्रेलिया उत्साहित

नेपालबाट अष्ट्रेलिया पुगेको १३औं शताब्दीको रत्नेश्वर मन्दिरको टुँडाल आज नेपाललाई फिर्ता गरिएको छ । अष्ट्रेलियाका सहायक परराष्ट्रमन्त्री टिम वाट्स र आर्ट ग्यालरी न्यू साउथ वेल्सका निर्देशक डा. माइकल ब्रान्डले मन्दिरका पुजारी हेरम्बराज राजोपाध्यायलाई हस्तान्तरण गर्नुभएको छ ।

त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव सुरेश अधिकारी, अष्ट्रेलियाका राजदूत फेलिसिटी बोल्क, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलगायतको उपस्थितिमा मन्दिरका मुख्य पुजारी हेरम्बराज राजोपाध्यायलाई उक्त टुँडाल हस्तान्तरण गरिएको हो । उक्त टुँडाल सुलिम टोलको मन्दिरबाट चोरीपछि अष्ट्रेलिया पुगेको बताइन्छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अष्ट्रेलिया र नेपालबीच सिधा हवाई उडान गर्ने सम्बन्धमा नयाँ पहलकदमी लिन आफूहरू उत्साहित रहेको सहायकमन्त्री वाट्ले बताउनुभयो ।

१ सिडी १ र १ सिडी २ नम्बरको गाडीमा पाटनको मंगलबजारस्थित संग्रहालय पुग्नुभएका उहाँहरु सोही गाडीमा फर्कनुभएको हो ।

टिप्पणीहरू