ढाका गएको सचिवस्तरीय टोली नयाँ दिल्लीस्थित दूतावासको छतमा

ढाका गएको सचिवस्तरीय टोली नयाँ दिल्लीस्थित दूतावासको छतमा

बंगलादेशसँग द्विपक्षीय ऊर्जा बैठकमा सहभागी हुन र ढाकामा आयोजित ऊर्जासम्बन्धी सम्मेलनमा भाग लिन गएको नेपाली प्रतिनिधिमण्डल त्यसअघि नयाँ दिल्ली पुगेको छ । सचिवस्तरीय टोली दिल्ली हुँदै ढाका गएको बताइन्छ । 

ऊर्जा सचिव दिनेश घिमिरेको नेतृत्वमा गएको टोलीमा विद्युुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत छन् । ढाका जानुअघि भारतीय अधिकारीहरुसँग नेपाली प्रतिनिधिमण्डलले नयाँ दिल्लीमा छलफल गरेको बताइन्छ । 

सोही क्रममा टोलीसँग नयाँ दिल्लीस्थित नेपाली राजदूत डा.शंकर शर्माले दूतावासमा भेट गरेका थिए । भेटघाटपछि राजदूतसँग उभिएर उनीहरुले दूतावासको छतमा फोटो पनि खिचाए ।

टोली बंगलादेशमा आयोजित ‘रियलाइजिङ इनर्जीकोअपरेसन बिटविन नेपाल एण्ड बंगलादेश’ सम्मेलनमा पनि सहभागी भएको थियो । ढाकास्थित नेपाली दूतावासमा आयोजित उक्त सम्मेलनमा बंगलादेशको भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री एनपी साउद पनि उपस्थित हुनुहुन्थ्यो ।

टिप्पणीहरू